लेखनाथको गगनगौँडामा ताओको मुर्ती अनावरण

कविराज खनाल

लेखनाथ । मानविय मुल्य र मान्यताको आत्मासाथ गर्दै सत मार्गको बाटोवाट सत्य कर्म सिकाउने उदेश्य लिएर अगाडी वढेको ताओ अन्तरगतको मायाकी देबिको शनिवार एक विषेश कार्यक्रमका साथ पोखरा लेखनाथ महानगपालिका वडा नं ३० को गगनगौडामा मुर्ती अनावरण गरिएको छ ।

Advertisement

विश्व शान्तिको कामना गर्दै विगत पाँच हजार वर्ष पहिला आध्यात्मीक चिन्तनबाट जिवनलाई सुखिमय बनाउने उदेश्यले स्थापना भएको ताओ सस्थाले स्थापना गरेको मुर्तीको ताओ सस्थाका गुरु छऐन रन र पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोर्खेलले संयुक्त रुपमा मुर्तीको अनावरण र प्राण प्रतिष्ठा गरेका हुन् ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोर्खेलले मानविय सेवा र सत्कर्म गर्नु नै जिवनको सार्थकता भएको वताएका थिए भने ताओ गुरु छऐन रनले काम क्रोध र मोहलाई छाडेर सत्कर्म तर्फ अग्रसर हुन आग्रह गरेका थिए ।

विविध नेवारी सांस्कृतिक झल्कने नृत्य प्रस्तुत गरीएको सो कार्यक्रमको अध्यक्षता नेवाः खलः लेखनाथका अध्यक्ष प्रेम लिगलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेवाः खलःका पुर्व सचिव नरेश श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन ताओका धर्मगुरु दिपकलाल पराजुलीले गरेका थिए ।

More News last news
Loading...