स्कुलबाट विद्यार्थीलाई घर लिएर हिँडेको स्कुल बस बीचबाटोमै दुर्घटना, २९ जनाको मृत्यु

नुरपुर । हिमाचलको कांगडा जिल्लामा स्कुल बस दुर्घटना हुँदा २६ विद्यार्थीसहित २९ जनाको मृत्यु भएको छ।

विद्यालय छुट्टि भएर बच्चालाई घर पुर्याउनका लागि छुटेको बस सडकबाट करीब २०० मिटर तल खसेको त्यहाको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बस दुर्घटनामा परी १५ जना गम्भिर घाइते भएका छन्।

Advertisement

बसमा विद्यार्थीसहित जम्मा ४० जना सवार रहेको समाचारमा जनाइएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान रहेको बताइएको छ।

दिउँसो करीब ३ बजे दुर्घटना भएको बस वजिर राम सिंह पठानिया मेमोरियल स्कुलको रहेको बताइएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

More News last news
Loading...