ताप्लेजुङको होटल इको भ्यु पोइन्टमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम प्रवेशद्वार हेलप्याड नजिकै रहेको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ।

आगलागीमा परि होटलको माथिल्लो तल्ला जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी भएको २ घण्टा भन्दा बढी हुँदा पनि नियन्त्रणमा आउन नसकेपछि नजिकै रहेका अन्य घरहरुसमेत जोखिममा परेका छन्।

Advertisement

आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले प्रयास गरिरहेका छन् । आगलागीको कारणबारे विस्तृत रुपमा खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

More News last news
Loading...