घरबाट हराएको २२ दिनपछि कञ्चनपुरका बुढाको जंगलमा शव फेला

पोखरा । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताए। शव कुहिएको अवस्थामा फेला परेको छ उनले भने। शव नजिकै एक हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ ।

More News last news
Loading...