काठमाडौं । काठमाडौंको बालाजु चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति सवा १२ बजे बा७९प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, बेलकोट नगरपालिका–३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि सवार कलंकी बस्ने नुवाकोट बेलकोटगढी–५ का नवराज मुडभरी घाइते भएका छन् । उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
