पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

पोखरा । पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ।

मंगलबार राति करिब १२:३० बजे पर्स्याङको धर्मस्थलि स्कुल अगाडी भएको दुर्घटनामा परेका कास्कीको माछापुच्छ्रे गाउपालिका ६ का ४५ बर्षीय पान बहादुर क्षेत्रीको मृत्यु भएको हो।

Advertisement

धर्मस्थलि स्कुल अगाडी रोकी राखेको ग १ ख ५९९६ नम्बरको पृथ्वी यातायात समितिको बसको पछाडीको भागमा बाग्लुङ बसपार्कबाट जिरो किमीतर्फ जादै गरेको ग १४ प २३३ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक क्षेत्री गम्भीर घाइते भएका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा मेट्रोसिटि अस्पताल पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले बताएका छन् ।

घटना पश्चात बस, स्कुटर र बसको साहुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

More News last news
Loading...