काठमाडौं । सात दिनसम्म एकजना बालिकालाई बलात्कार गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन १७ गते गोरखा घर भएकी बालिका बल्खुबाट हराएकी थिइन।
१५ बर्षकी ती बालिकालाई १७ गतेदेखि २४ गतेसम्म बलात्कार गरेको आरोपमा प्रहरीले चालक र सहचालक गरी ५ जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बालिकालाई ६ दिनसम्म ग्यारेज र कोठामा बन्धक बनाएर बलात्कार गर्ने भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप बजगार्ईँ पक्राउ परेका हुन्।
फागुन १७ गते हराएकी बालिका २८ गते स्वयम्भूमा तर्सने वरबराउने अवस्थामा फेला परेकी थिइन। ५ जना बलात्कारीले सातदिनसम्म उनलाई लगातार बलात्कार गरेकाले बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
