याङ्गुन । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीले उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् ।
बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सन्चारमाध्यमहरुले जानकारी जनाएका छन् ।
म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।
त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यवाहक राष्ट्रपतिकारुपमा काम गर्ने जनाइएको छ।
म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
