वातावरण सफा राखौ, टोल सफा गरौ, स्वच्छ जीवन बाँचौ, सव्य नागरिक बनौ भन्ने मुल नाराका साथ नमुना बाल क्लब माछापुच्छ्रे ७, धम्पुस पोखरी टोलले गत चैत्र ३ २०७४ का दिन टोल सर सफाइ कार्यक्रम समापन गरेको छ।

क्लबका अध्यक्ष सन्तमाया गुरूङको नेतृत्वमा सम्पन्न उक्त सर सफाइ अभियानमा बाल क्लबका पदाधिकारीहरू क्रमश उपाध्यक्ष प्रतिक्षा परियार, सचिव समिर परियार, सहसचिव प्रिती क्षत्रि, कोषाध्यक्ष दिवस परियार, सदस्यहरू दिपेश परियार, नविन परियार, सपना बि.क, संगम परियार, सुकमाया गुरूङ, रोशनी परियार, अन्जु परियार, अन्जली गिरी, जमुना परियार, कमला परियार, नमुना क्षत्री, दिपीका परियार, सुजन परियार, दिपेन परियार, अनुप परियार, प्रेरणा गुरूङ, अनिशा परियार, सुरेश बि.क, अमृत बि.क, दिवस परियार ‘ख’, दिलीप परियार, कृष्ण परियार, बल बहादुर बि.क, सुदिप परियार, सनम परियार, सचिन गुरूङ, सन्जिव परियार, अशोक परियार, प्रज्वल परियार, प्रशन परियार, वुद्दमान गुरूङ, सोनिया क्षत्रि, सुगम परियार, लक्ष्मि गुरूङ र सेमिका गुरूङ लगायत स्थानिय व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

स्थानिय बालबालिकाहरूलाइ सामाजिक दायित्व बोध गराउँनका खातिर तथा समाज प्रति जिम्मेवार बन्नका लागी अभिप्रेरित गरि एक अर्का बिच भाइ चारा अभिवृदि गर्ने हेतुले गत महिना मात्र गठित उक्त बाल क्लबले क्लबको पहिलो कार्यक्रम अन्तर्गत सामाजिक जनचेतनाका लागी उक्त सरसफाइ कार्यक्रम गरेको हामीलाइ जानकारी प्राप्त भयको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
