पोखरा । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त भएका छन्।
भरतराज ढकालको कार्यकाल आगामी वैशाख मसान्तदेखि सकिने भएपछि बैंकको संचालक समितिको बैठकले पोखरेललाई नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न वाणिज्य बैंकमा लामो समय अनुभव हासिल गरी गत वर्षको मंसिरदेखि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए।
प्रमुख कार्यकारी अधिकृतको रुपमा उनको कार्यकाल अब ४ वर्ष हुनेछ। वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नवील बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका उनले करिब १९ वर्ष उक्त वैंकको विभिन्न विभागमा रही जिम्मेवार बहन गरेका थिए।
सन् २०१० देखि २०१६ सम्म मेघा बैंकमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए। पोखरेल नियुक्त भए पनि उनको कार्यकाल जेठ १ देखिमात्र लागू हुनेछ।
त्यसबेलासम्म स्थापनाकालदेखि कार्यरत ढकालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्ने बैंकका कर्पोरेट अफेयर्स संगीता ढकालले जानकारी दिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
