कास्कीले पाउने भयो दुई मन्त्रालय, सांसद रबिन्द्र र जगत मन्त्री बन्दै

पोखरा  । प्रधानमन्त्री केपी ओलीको मन्त्रि मण्डलमा यस पटक कास्की बाट दई जना मन्त्रिहरु परेका छन । नेकपा एमालले शुक्रबार छानेका ७ मन्त्रिको लिष्टमा २ जना कास्की बाट परेका हुन।

कास्की बाट तिन पटक सांसद भएर ह्याट्रिक पुरा गरेका युवा नेता रबिन्द्र अधिकारीले पर्यटन मन्त्रालयको जिम्मेबारी पाउने भएका छन भने कास्की क्षेत्र नं ३ बाट पहिलो पटक प्रत्यक्ष सांसदमा निर्वाचित युबा नेता जगत बिश्वकर्माले यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने छ।

Advertisement

आफ्नो कार्यशैलीमा दृढ यि युवाहरुको जोश र जाँगरले यस क्षेत्रको पर्यटन र खेलकुदले बिकासले गति लिने अधिंकाशको भनाइ छ।

यस अघि पनि सरकारमा पटक पटक मन्त्रि हुने सूचिमा रहेर पनि अन्तिम समयमा सांसद अधिकारीलाई हटाइएको थियो। प्रधानमन्त्रि ओली सकारलाई पूर्णता दिन अबको केही क्षणमा नै सपथ खुवाउने कार्यक्रम छ।

More News last news
Loading...