काठमाडौं । पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामाले प्रहरीले तयार गरेको मुचुल्का कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
बुधबार राति गौशालाबाट पक्राउ परेका लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्का कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
लामा नेपाल प्रहरीले प्रयोग गर्ने एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । तर लामाले, सो पेस्तोल आफ्नो नभएको दाबी गरेका छन् ।
आफूमाथि दुई जना युवाले गोली चलाउँदै गर्दा उक्त पेस्तोल खोसेको लामाले बताएका छन् ।
प्रहरीले बरामद गरेको पेस्तोल आफूलाई गोली हान्न आएका युवाको हो भन्दै लामाले मुचुल्कामा हस्ताक्षर गर्न नमानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
