जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, २५ जना घाइते

मोरङ । मोरङको जहदा गाउँपालिका–४, रामचौकमा जन्ती बोकेको ट्याक्टर दुुर्घटना हुँदा २५ जना जन्ती घाइते भएका छन्।

रंगेली–विराटनगर सडक खण्डमा जन्ती बोकेको को २ त २०३७ नम्बरको ट्याक्टर बिहान दुर्घटना भएको हो। दुर्घटनमा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्य २३ जनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

Advertisement

घाइतेको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। ट्याक्टरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...