गोंगबुको गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका

काठमाडौं । काठमाडौंको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवती मृत फेला परेकी छन्। नयाँ बसपार्क नजिक रहेको सोही गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार गेष्टहाउसको पहिलो तल्लाको कोठा नम्बर एकमा युवतीको शव फेला परेको हो। घटना अनुसन्धानको लागि प्रहरीले गेष्टहाउस सन्चालक देवेन्द्र गौतमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement

मृतक सपनाका दाजु भुपेन्द्रका अनुसार कोठाको भित्ता, बाथरुम र सिरकमा रगत र शरीरमा घाउ चोट देखिएको छ। त्यसैले सपनाको हत्या भएको दावी भुपेन्द्रले गरेका छन्।

शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

More News last news
Loading...