जमिनमा गुड्ने यो कार ५ मिनेटमै हुन्छ उड्नका लागि तयार, चलाउन चाहिन्छ पाइलटको लाइसेन्स

एजेन्सी । डच कम्पनी पाल वी इन्टरनेशनलले लिबर्टी नामक उड्ने कार बनाएको छ। १७० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने यो कार पहिलो पटक बनेको हो।

यो एक पटक इन्धर पूरा भरेपछि ५ सय किलोमिटरसम्म उड्न सक्छ। संसारको सबैभन्दा ठूलो अटो इभेन्ट जिवेवा मोटरमा यसलाई प्रदर्शन गरिएको हो।

Advertisement

यो पहिलो उड्ने कार हो जो सबैका लागि उपलब्ध हुनेछ। यसको मूल्य अहिले साढे ६ करोड नेपाली रुपैयाँबराबर छ।

यो कार २०१८ को अन्त्यसम्म बजारमा किन्न पाइनेछ। यो कारमा ६ जना बस्न सक्छन् र यसको ढोका माथिपट्टी खुल्छ।

More News last news
Loading...