बलात्कारपछि हत्या गरिएकी बालिकाको शव १० महिनादेखि अस्पतालमै

काठमाडौँ । स्वयम्भुको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ बर्षीया सन्तोषी नेपाली भेटिइन।

उनलाई अरुका घरका धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्यानभ्याई छ।

Advertisement

यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ।

छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौतारिरहेकी सन्तोषीको सोतोजस्ततो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन्।

भाईबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन्।

१० महिनाअघि जेठ ५ बलात्कारपछि हत्या गरिएकी १० बर्षीया छोरी अमुताको सम्झानाले उनलाई घरीघरी झस्काईरहन्छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

More News last news
Loading...