कविराज खनाल
लेखनाथ, २३ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ नहरचोक स्थित तालचोक-वेगनास सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिने ट्रक ड्राइभर पक्राउ परेका छन्।
सवारी चेक जाँच गर्ने क्रममा सहचालकले सवारी चलाइ रहेका अवस्थामा खोज तलास गर्दा सवारी ईजाजत पत्र भित्र रु. २०० नगद राखी मिलाइ दिनुपर्यो भनी प्रहरीलाई घुस दिन खोज्दा चालक, सहचालक र ट्रक सहित पक्राउ गरीएको हो।

सिआरभी शिसुवाबाट प्रहरी सहायक निरिक्षक केशबहादुर कुमालको कमाण्डमा खडिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा कोत्रे तनहुँवाट ढुंगालिई वेगनास तर्फ जादै गरेको ग १ ख ३०२४ नंं को मिनि ट्रक चालक सेलुखुम्बु वाकु गाउपालिका वडा नं. ८ घर भई आल कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० अस्पतालचोक वस्ने वर्ष ५० को भक्तबहादुर मगर र सोही ट्रकका सह-चालक सिन्धुपालचोक लिसंखुपाखर गाउपालिका वडा नं. ५ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ चाउथे वस्ने वर्ष २३ का मनकुमार जोशीलाई पक्राउ गरेको हो।
प्रहरी जवान नवराज भण्डारीले चेक जाँच गर्दै जाँदा सवारी साधन अनुमति पत्र माग्दा त्यस भित्र नगद २०० देखे पछि यो के हो ? भनी सोध्दा चालक मगरले मिलाई दिनु परयो त्यसैले दिएको भनेपछी प्रहरीले निज दुवैलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिसुवाको नियन्त्रणमा राखेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
