महतोको शव कुहिएको अवस्थामा उखुबारीमा भेटियो

महोत्तरी । घरबाटै अचानक बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षीय रामदेव महतो आफनै उखुबारीमा मृत अवस्थामा फेला परेका छन ।

गएको माघ २ गते हराएका महतो मंगलबार बिहान आफनै उखुबारीमा मृत अवस्थामा फेला परेको हुन् । आफन्तले कुहिएको अवस्थामा शव भेटाएपछि स्थानीयले प्रहरीमा खबर गरेका हुन । महतोको शव परिवारले कपडाको आधारमा पहिचान गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Advertisement

घटनाको सम्बन्धमा घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भटटले जानकारी दिनुभयो ।

More News last news
Loading...