स्कूल बसको ठक्करबाट एक महिलाको मृत्यु

मोरङ । मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

एभरेष्ट बोर्डिङ स्कूलको को१क ८३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो।

Advertisement

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ।

ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

More News last news
Loading...