भारतको छत्तीसगढमा प्रहरी र माओवादीबीच भीडन्त, ११ जनाको मृत्यु

भारतको छत्तीसगढ राज्यको एक जंगलमा आज बिहान सुरक्षाकर्मी र सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भिडन्त हुँदा ११ जनाको मृत्यु भएको छ ।

भिडन्तमा १० जना विद्रोही र एक जना प्रहरीको मृत्यु भएको हो । छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा भिडन्त भएको हो ।

Advertisement

भिडन्तका क्रममा अरु केही विद्रोही घाइते भएको बताइएको छ । तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए।

आक्रमणपछि प्रहरीको जवाफी फायरमा परी ती विद्रोही मारिएका हुन् । जंगलमा केही घन्टासम्म दोहोरो फायरिङ भएको थियो । मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डरसहित छ जना महिला लडाकू रहेका छन् ।

More News last news
Loading...