साप्ताहिक राशिफल : फागुन १७ देखि २३ गतेसम्म

मेष
राजनैतिक इच्छा–आकंक्षा तीव्र रूपमा अघि बढेको अवस्था छ । आशा मारिसकिएको व्यवसायले उत्साह जगाउनेछ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । बुधबारपछिका दिनमा भोज–भतेरमा सहभागी भइनेछ ।

वृष
आर्थिक पक्ष प्रबल हुँदै गएकाले नयाँ तथा पुराना दुवै कार्यले फाइदा पुग्ने देखिन्छ । भोज तथा मनोरञ्जनको निम्तो हात लाग्न सक्छ । सेतो तथा गुलाबी रंग प्रयोग गर्दा प्रशंसकहरू बढ्नेछन् ।

Advertisement

मिथुन
परिवारमा मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुन सक्छ । सामूहिक लगानीमा गरिएको कार्यले लाभ दिलाउनेछ । किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने–हराउने सम्भावना छ ।

कर्कट
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ । गुलिया वस्तु कम सेवन गर्नुमै आफ्नो भलो छ । दिगो लगानीको ढोका खोलिनेछ । सोमबारपछिको समय बढी प्रेरणादायक रहनेछ।

सिंह
भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । सूर्यको आराधनाले भय मुक्त हुन सहयोग पुर्‍याउला । सोमबार तथा बिहीवार पारिवारिक वातावरणमा ऊर्जा देखा पर्नेछ । बाहिरी खानपान तथा भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

कन्या
व्यवसायमा नेतृत्व गर्ने अवसरसहित जिम्मेवारी प्राप्त हुनेछन् । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ महसुस होला । कार्यव्यस्तताका बीच घरपरिवारलाई पनि समय दिनुपर्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

तुला
मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न गार्‍हो छ । प्राप्त अवसर गुमाउनुपर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा मनोरञ्जन गर्दा सावधानी अपनाउनु नै बेस हुन्छ । पारिवारिक खटपटका कारण मनमा निराशा छाउँदा प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन।

वृश्चिक
हतारमा गरिएको कामले हानि पुर्‍याउने हुँदा धैर्यतामा जोड दिनुहोला । नयाँ तथा पुराना दुवै कामबाट लाभ प्राप्त हुनेछ । विपक्षीले स–साना कमजोरी औंल्याए पनि परिणाम आफ्नै पक्षमा आउनेछ । पुराना काम परिणाममुखी भै आर्थिक लाभ लिन सकिनेछ ।

धनु
आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । भ्रमण तथा योगले ऊर्जा प्रदान गर्नेछ । अन्योलका बीच उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । रोकिएका काममा पुनस् प्रयत्न गर्दा सफलता हात लाग्नेछ । खानपान तथा मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुहोला । साताको उत्तराद्र्धमा सर्तकता अपनाउनुपर्नेछ।

मकर
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । कसैसँग कुराकानी गर्दा गोपनीयताको हेक्का राख्नुहोला । जोडी नम्बरको सवारी साधन चलाउँदा यात्रा सहज हुनेछ । साताको अन्त्यमा घरेलु समस्याले चिन्ता बढाउन सक्छ । भोज तथा पार्टीमा सहभागी हुँदा समयको ख्याल गर्नुपर्नेछ ।

कुम्भ
प्रेमिकासँग वादविवाद नगर्नुमै आफ्नो भलो छ। काममा बेवास्ता गरे अरूले उछिन्न सक्छन्। व्यवसायिक योजना तर्जुमा गर्दा बढी खर्च हुन सक्छ। लगानीबाट अपेक्षाभन्दा कम प्रतिफल हात पर्नेछ। विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ।

मीन
राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ। नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला। साताको अन्त्यमा स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । पहेंलो रंगलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ।

More News last news
Loading...