मुसाको पिसाव छोएका कारण नाइजेरियामा ७२ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ।

Advertisement

प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार जनाएको छ।

नयाँ वर्षको बेला देखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ ओटा राज्यमा फैलिएको नाइजेरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ।

रोग नियन्त्रण केन्द्रले सवै प्रदेशहरुमा खानपानमा उच्च सतर्कता अपनाउन नाइजेरियाली नागरिकहरुलाई आह्वान गरेको छ।

More News last news
Loading...