नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा तनहुँ भिमाद स्थायी घर भएका नारायण खनाल निर्वाचित भएका छन्।अमेरिकाको भर्जिनियामा सम्पन्न समितिको तेस्रो अधिवेशनबाट खनाल २ सय ४ मत प्राप्त गर्दै महामन्त्रीमा निर्वाचित भएकाहुन्। उनीसँगै गौतम दाहाल पनि महामन्त्रीमा निर्वाचित भए ।
१२ वर्षपछि मतदानमार्फत नयाँ नेतृत्व चयन भएको अधिवेशनबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा २८ सदस्यीय कार्यसमितिनिर्वाचित भएको छ। समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट, उपसभापतिमा संजीव श्रेष्ठ, हरि शर्मा, श्रीराम थापा र निमाबोम्जन निर्वाचित भएका छन्। यस्तै युवा उपसभापतिमा सुशील खत्री, महिला उपसभापतिमा लक्ष्मी कार्की तथा युवा मामिलाउपसभापतिमा महेन्द्र बस्नेत निर्वाचित भएका छन्। यसैगरी सहमहामन्त्रीमा अर्जुन बम, युवा सहमहामन्त्रीमा सुमन केसी रसिर्जना भट्ट तथा कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल निर्वाचित भएका छन्।
खनाल नेपालमा रहँदा पनि कांग्रेस निकट विभिन्न संघ संगठनमा सक्रिय थिए । खनाल नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ कासभापति चुडामणि खनालका सहोदर दाजु समेत हुन्। भिमादका खनाल जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा निर्वाचितभएपछि तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्तगरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
