स्याङ्जाको पुतलीबजार नगरपालिकाले नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा पूर्व शिक्षामन्त्री, पुतलीबजार नगरपालिका–३ का स्थायी बासिन्दा गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सार्वजनिक शोक बिदा घोषणा गरेको छ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उहाँले प्रजातान्त्रिक आन्दोलन तथा राष्ट्रसेवामा पुर्याउनुभएको योगदानको उच्च सम्मान स्वरूप २०८३ साउन १३ गते बुधबार नगरपालिकाभित्र सार्वजनिक शोक बिदा दिने निर्णय गरिएको जनाइएको छ। सूचनाअनुसार उक्त दिन पुतलीबजार नगरपालिका अन्तर्गतका सबै कार्यालय, विद्यालय तथा अन्य निकाय बन्द रहनेछन्। यद्यपि अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाले स्वर्गीय श्रेष्ठको योगदानप्रति सम्मान व्यक्त गर्दै सम्बन्धित सबैलाई सूचनाको जानकारी लिन र आवश्यक समन्वय गर्न आग्रह गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
