नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । झण्डै एकबर्ष देखी क्यान्सरबाट पीडित रहेका श्रेष्ठ जावलाखेल स्थित हेलिअस हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।
नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत भइसकेका श्रेष्ठलाई ४४औं वीपी स्मृति दिवसको अवसरमा काँग्रेसका सभापति गगन थापाले श्रेष्ठलाई बरिष्ठ नेता घोषणा गरेका थिए ।
बुधवार बिहान ८ बजेदेखी ११ बजेसम्म नेपाली काँग्रेसको पार्टी कार्यालयमा श्रदाञ्जली सभा पछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने काँग्रेस नेता मेखलाल श्रेष्ठले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
