काठमाडौं । चलचित्र मास्टर्नीको लागि कलाकार दुर्गेस थापाको ताराबाजी लै लै बोलको गीतलाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।
उक्त गीतले शिक्षक वर्ग, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेशाप्रति अपमान हुने गरी संवाद र शब्दावली प्रयोग गरिएको भन्दै त्यस चलचित्रको उक्त गीतलाई तत्काल प्रतिबन्ध लगाउन माग गरिएको छ।
तनहुँको व्यास ११ मा रहेको बाराही मा.बि. का शिक्षक रमेशबाबु भट्टराईले आज सूचना तथा सञ्चार मन्त्रालयमा गीतलाई तत्काल प्रतिबन्ध लगाउन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
उक्त गीतमा प्रयोग गरिएका केही शब्द तथा दृश्यले शिक्षक समुदायको सम्मानमा आँच पुर्याउने, शिक्षण पेशाप्रति नकारात्मक सन्देश प्रवाह गर्ने तथा समाजमा गलत प्रभाव पार्ने र समाजमा शिक्षकप्रतिको सम्मान घटाउने र शिक्षण पेशाको गरिमामा असर पुग्ने भएकाले सार्वजनिक प्रदर्शनमा रोक लगाउनुपर्ने माग गरेको भट्टराईले बताए ।
शिक्षम सम्बद्व विभिन्न संघ संस्थाहरुले पनि गीत हटाउन माग गर्दै बिज्ञप्ति जारी गरिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
