राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाको सहयोगमा सञ्चालित युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिका–३, बाड्खोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटी होममा सुन्तलाको फेस प्याक एवं साबुनजन्य उत्पादनकोशुभारम्भ गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले सुन्तलाका बोक्रा, तितेपाती र निमजस्ता स्थानीय कच्चा पदार्थलाई उपयोग तथा प्रयोग गरी बजारयोग्य उत्पादनमा रूपान्तरण गर्नु उदाहरणीय कार्य भएको बताउँदै यस्ता स्वदेशी उत्पादनलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा पुतलीबजार ३ का कार्यबाहक वडा अध्यक्ष सोम बहादुर कुवँर, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाकी कार्यक्रम अधिकृत प्रतिभा बुढाथोकी, परियोजना सञ्चालक समितिका अध्यक्ष बोधराज अर्याल, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष श्री गुरुङ, पत्रकार भवानी अधिकारी, नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष सीता गोदार, ब्यूटी पार्लर एशोसिएसनकी अध्यक्ष पमिला गुरुङ, सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ तथा सूर्योदय महिला क्लबकी सदस्य मञ्जु पोखरेल खत्री लगायतले स्थानीय उत्पादन, महिला उद्यमशीलता र स्वदेशी ब्रान्ड प्रवर्द्धनमा यस अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सफलताकोशुभकामना दिएका थिए।
अन्जु कस्मेटिक एण्ड ब्युटी होमकी सञ्चालिका अन्जु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मीरा मल्लले स्वागत मन्तव्य राखेकी थिइन् भने शर्मिला कुँवरले कार्यक्रम सञ्चालन गरेकी थिइन्। एएमएस आयुर्वेदिक टिमद्वारा सुरु गरिएको यस उद्यमशीलता अभियानले स्थानीय सुन्तला लगायत प्राकृतिक कच्चा पदार्थलाई आयुर्वेदिक सौन्दर्य सामग्रीमा रूपान्तरण गर्दै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
