नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी स्याङ्जाले स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न १४ मा रहेको श्रवण मा वि मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला र कापी वितरण गरेको छ । नेपाल लाईफले मंगलबार गरिब तथा जेहेन्दार र विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टेशनरी सामग्री ३ सय थान कापी र ४८ जना विद्यार्थीहरुलाई विद्यालय झोला प्रदान गरेको नेपाल लाईफ स्याङ्जा शाखा प्रमुख सुशिल भण्डारीले जानकारी दिए ।
विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने, पठनपाठनप्रति उत्साह बढाउने तथा विपन्न परिवारका विद्यार्थीहरूलाईआवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनी स्याङ्जाका प्रमुख भण्डारीले बताएका छन् । कार्यक्रममा बोल्दै कम्पनीका एजेन्सी म्यानेजर महेश पुरीले यस प्रकारका सामाजिक कार्यक्रममार्फत शिक्षाको पहुँच रगुणस्तर अभिवृद्धिमा सहयोग पुग्नुका साथै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका स्याङ्जा शाखा प्रमुख भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र के सि लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
यस अघि गत सोमबार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भीरकोट नगरपालिका वडा नं ६ मा अवस्थितभाग्योदय माध्यमिक विद्यालय र वडा नं ८ को पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा १२ थान कम्प्युटर प्रदान गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
