स्याङ्जाको वालिङ्मा साईबर सुरक्षा तथा प्रविधिको सहि सदुपयोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा सन्चारिका समुहको स्याङ्जाको समन्वयमा सुरक्षित साईबर संसार, प्रविधिको सदुपयोग समृद्द समाजको आधार भन्ने मुल नाराका साथ पत्रकारहरु लक्षित सो कार्यक्रम वालिङ् उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्दघाटन वालिङ् नगर उपप्रमुख कविता तिवारी गैह्रेले गरेकी थिईन । उद्घाटन मन्तव्य जोड्दै उपप्रमुख गैह्रेले एकिकृत सेवा कार्यालयले महिला तथा बालबालिकाको क्षेत्रमा निकै प्रसंशनिय कार्य गर्दै आएको भन्दै बढ्दो डिजिटल युगमा प्रविधिको सहि उपयोग गर्नुपर्ने चुनौती देखिएका बेला सञ्चारिकाको समन्वयमा सचेतना कार्यक्रमको आयोजना गरिएकोभन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन। डिजिटल युगले मानिसलाई सहजता संगै चुनौतीपनि संगै उत्पन्न गराएको भन्दै योअवस्थामा यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको भन्दै आगामी दिनमा नगरपालिकाले पनि विभिन्न संघसंस्थाहरुसंगसमन्वय गरी कार्यक्रम गर्ने बताईन ।
कार्यक्रममा आईटि विज्ञ रविन पौडेलले सहि रुपमा प्रविधिको प्रयोग कसरी गर्ने, सुरक्षित रुपमा आफ्नो जिवनलाई कसरीअगाडि बढाउने भन्ने विषयमा सहजीकरण गरेका थिए भने वडा प्रहरी कार्यालयका हरिप्रसाद काफ्लेले साईबर अपराध रडिजिटल ठगिका विषयमा जानकारी गराउँदै कसरी आँफू डिजिटल ठगिमा परिएको थाहा पाउने थाहा पाएपछि कसरी साईबर व्युरोमा उजुरी गर्नेलगायतका विषयमा सहजीकरण गरेका थिए ।
एकिकृत सेवा कार्यालयका प्रमुख जिवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सन्चारिका समुह स्याङ्जाकी सचिव क्रान्ती अर्यालले स्वागत एवम् संचालन उपाध्यक्ष आरती कुँवरले गरिन । कार्यक्रममा जिल्लाका क्रियाशिल महिला पत्रकारहरुसंगै पुरष पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
