नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको उपाध्यक्षमा पर्यटन ब्यवसायी पाण्डे

काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको उपाध्यक्षमा पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे चयन भएका छन् । बागमती प्रदेशको दोस्रो अधिवेशनले केशव पुरी अध्यक्षमा निरन्तरता दिएर १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गर्दा पाण्डेलाई उपाध्यक्ष चयन गरेको हो ।

प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष समेत रहेका पाण्डे आफ्नो ३५ वर्ष लामो व्यावसायिक जीवनमा ट्रेकिङ, ट्राभल, वायुसेवा, होटल, रेस्टुरेन्टलगायत विधामा संलग्न पाण्डे ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, नेपाल पर्यटन बोर्डको सदस्य र एरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालकोे महासचिव भइसकेका छन् । यस्तै उनी नेपाल पर्यटन वर्ष २०११ को कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरको अध्यक्ष पनि भइसकेका छन् ।

Advertisement

पाण्डे विभिन्न पर्यटकीय कार्यक्रम तथा गतिविधिहरूको सञ्चालनमा सक्रिय भूमिका खेल्दै आएका छन् ।

More News last news
Loading...