नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाले निर्वाचन केन्द्रित आधारभुत प्राथमिक उपचार पुनर्ताजगि तालिम दिएको छ । रेडक्रस स्याङ्जाले पुनर्ताजगि तालिम अन्तर्गत शनिवार चापाकोट नगरपालिका र आईतबार वालिङ् नगरपालिकामा निर्वाचन केन्द्रित आधारभुत प्राथमिक उपचार पुनर्ताजगितालिम सम्पन्न गरेको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए ।
तालिममा चापाकोट नगरपालिकामा २७ र वालिङमा ३० गरि कुल ५७ जना सहभागी थिए । रेडक्रसले चुनाव केन्द्रितआकस्मिक प्राथमिक उपचार टोलि सहित ६ टोलि गठन गरिएको छ । जसमा स्याङ्जा वालिङ्मा आकस्मिक टोलि छ भनेकालिगण्डकि गाउँपालिका, चापाकोट र पुतलीबजार नगरपालिकामा छुट्टाछुट्टै टोलि परिचालन गरिने समेत सभापति अर्यालले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
