स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा न ३ मा रहेको शिशु निकेतन अङ्ग्रेजी आवशिय माध्यमिक विद्यालयलेविज्ञान प्रविधिको बढ्दो प्रयोगलाई अङ्गिकार गर्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विद्यालयले विज्ञानप्रविधिको बढ्दो प्रयोग र प्रतिस्पर्धात्मक समय र मागलाई अंगाल्दै त्यसैअनुसारको शिक्षण सिकाई तथा शैक्षणिकक्रियाकलाप सञ्चालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक मनोज मल्लले बताए ।
विद्यालयले विद्यार्थीहरुले सिर्जना गरेका विज्ञान, प्रविधी, इन्जिनियरिङ, गणित तथा सामाजिक अध्ययनसंग सम्बन्धितसामग्रीहरु प्रदर्शनी कार्यक्रम सम्पन्न गर्यो । विद्यालय प्राङ्गणमा मंगलबार शिशु निकेतन साइन्स एन्ड एजुकेशनल मेटेरियलएक्स्पो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै स्याङ्जाको पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले आजको समयमा विद्यार्थीहरुको शैक्षिक, मनोवैज्ञानिक तथा व्यवहारिक पक्षलाई संगसंगै लिएर जान र सिर्जनात्मकता अभिवृद्धि गर्नमा यसले महत्वपूर्ण भुमिका खेल्नेबताइन । अर्यालले गुणस्तरीय शैक्षिक क्रियाकलापमा शिशु निकेतनले फड्को मारिरहेको र यो अन्य विद्यालयका लागि पनिसिकाई हुन सक्ने बताईन । उनले विद्यालय सञ्चालकहरुको मेहेनतले आज शिशु निकेतन स्याङ्जाका नीजि तथा आवशियविद्यालयहरुमा अग्रस्थानमा रहेको बताइन ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर शिक्षा अधिकारी बाबुराम बराल, त्रिभुवन आदर्श नमुना मा वि काप्रधानाध्यापक प्रेम प्रसाद पौडेल, पत्रकार तथा काजिमान हरिटिका मा वि का शिक्षक युवराज पौडेल, पत्रकार पवन मरासिनीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय सञ्चालक गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका हिमाली रानाले स्वागत, शिक्षक खगेन्द्रसुवेदीले धन्यवाद मन्तव्य एवम् कार्यक्रम सञ्चालन शिक्षिका द्वय मन्जु थापा क्षेत्री र अज्मी मगरले गरेका थिए भनेकार्यक्रमको सहजीकरण रोबो क्लास नेपालले गरेको थियो ।
कार्यक्रममा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, काजिमान हरिटिका मा वि का प्रधानाध्यापक पोत प्रसादअर्याल, ज्योति अङ्ग्रेजी आवाशिय मा वि का प्रिन्सिपल बुद्दिसागर त्रिपाठि, रोशनि मा वि का प्रिन्सिपल दिपक मरासिनी, भु पुसैनिक मा वि का प्रिन्सिपल यदु कुमार थापा, पुतलीबजार गणित बिषय समिति सदस्य मदन पौडेल, पुतलीबजारनगरपालिका सचिवालयका वसन्त पौडेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा जिल्ला सदरमुकामका अन्य विद्यालयका विद्यार्थीहरु समेत उपस्थित थिए । झन्डै २ हजारले अवलोकन गरेको सोकार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले प्रस्तुत गरेका विभिन्न साङ्गितिक एवम् सास्कृतिक प्रस्तुतिले रौनकता थपेको थियो ।
विद्यालयले नियमित शैक्षिक कार्यक्रमसंगै साप्ताहिक रुपमा विभिन्न प्रकारका रचनात्मक र सिर्जनात्मक गतिविधी सञ्चालनगर्दै आएको र विगत ५ वर्ष यता साईन्स एक्स्पो कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रधानाध्यापक मल्लको भनाई छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
