स्याङ्जाको पुतलीबजार नगरपालिका १४ स्थित सतौं चण्डीमा रहेको पशुपति मन्दिरमा महाशिवरात्री विशेष पुजा हुने भएको छ । महाशिवरात्री पर्व २०८२ को अवसरमा फागुन ३ मा यहाँ शिब महिमाको साङ्गितिक प्रवचन, सङकिर्तन, भजनकृतन कार्यक्रम हुने भएको हो । कार्यक्रममा युवा पण्डित आचार्य प्रशान्त ढकालले शिब महिमाको साङ्गितिक प्रवचन दिने छन ।
महाशिबरात्री पर्वकै अवसरमा अखण्ड दिप प्रज्वलन, रात्रीकालिन साङ्गितिक तथा सास्कृतिक कार्यक्रम हुने भएको हो । साङ्गितिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राजन कार्की, गायिका तारा पौडेल र प्रवेश ढकालको प्रस्तुति रहनेछ भने भजन गायकहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पुतलीबजार १४ मा रहेको पशुपतिनाथ मन्दिर संरक्षण समितिले आयोजना गरेको महाशिबरात्री महामहोत्सव २०८२ अन्तर्गत अन्तर आमा समूह भजन प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा वडा न १४ कै आमा समुहहरुको भजन प्रस्तुति रहनेछ भने कार्यक्रमको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको समेत आयोजकले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
