नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाले पुन्यशिला आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक लेखनाथ शर्मा र पुर्व सुचना अधिकारी बन्दना कुमारी लम्साललाई सम्मान गरेको छ । नेपाली काङ्ग्रेस स्याङ्जा मुख्यालयमा भएको संघ स्याङ्जाको २७ औ प्रतिनिधि सभाका अवसरमा शर्मा र लम्साल दुवैजनालाई सम्मान गरिएको हो ।
उनिहरुले शिक्षण पेशामा रहि दीर्घकालीन योगदान पुर्याउनुका साथै संघमा रहेर महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मानित भएका हुन । संस्थागत आवद्धताका हिसाबले लम्साल नेपाल शिक्षक महासंघ स्याङ्जाकि पुर्व कार्यबाहक अध्यक्ष हुन भने शर्मा नेपाल शिक्षक संघ पुतलीबजारका पुर्व नगर सभापती हुन । दुवै जनाले संस्थागत साथै स्याङ्जाको पुतलीबजार ३ मा रहेको पुन्यशिला आधारभुत विद्यालयमा रहेर विद्यालयको शैक्षिक र भौतिक विकासमा ऎतिहासिक कदम चालेका थिए ।
स्याङ्जाको पुतलीबजार ३ का शर्माले पुन्यशिलाको भौतिक र शैक्षिक विकासका लागि प्रधानाध्यापक पदमा रहि महत्वपूर्ण र दीर्घकालीन कार्यक्रम साथै कार्ययोजना अघि सारेका थिए भने पुतलीबजार १ घर भइ अध्यापनका क्रममा जिल्लाका विभिन्न विद्यालय हुँदै पुन्यशिलामा सुचना अधिकारीका रुपमा कार्य गरेकी लम्सालको यहाँ रहेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन ।
१ वर्ष अघि मात्रै सेवा निवृत्त भएका उनिहरुको संगठनात्मक कार्यकौशलता नेपाल शिक्षक संघ र महासंघमा रहेर गरेका कार्यहरूबाट समेत झल्कन्छ । उनिहरुले शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै पेशागत संगठनमा रहेर नगर, जिल्ला मात्रै नभएर समग्र राष्ट्रप्रती पेशागत हकहितका लागि अतुलनीय योगदान पुर्याएको भन्दै यसैलाइ आत्मसाथ गरि नेपाल शिक्षक महासंघका केन्द्रिय अध्यक्ष लक्ष्मी किसोर सुवेदी लगायतले सम्मान गरेका हुन । सम्मानित शर्मा खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष र लम्साल फाउन्डेसनको शिक्षा विभागको विज्ञ सदस्य हुन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
