स्याङ्जाको वालिङमा प्रथम ओमकार कप सुरु

वालिङमा प्रथम ओमकार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
ओमकार ईभेन्टस हबको आयोजनामा वालिङ खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ २ गतेसम्म चल्नेछ ।

उद्घाटनको पहिलो खेलमा वालिङ भेट्रान्स रातो विजयी भएको छ । वालिङ भेट्रान्स रातो र हेमजा फुटबल क्लब सम्सराबीच भएको खेलमा वालिङ रातो ४–१ गोल अन्तरले बिजयी भएको हो । यस्तै, दोस्रो खेल तानसेन पाल्पा र मेजर एफसीबीच भएको थियो । यसमा मेजर एफसी ४–२ गोल अन्तरले बिजयी भएको हो ।

Advertisement

प्रतियोगितामा स्याङ्जा सहित बुटवल, पोखरा, पाल्पाका ९ समूह सहभागि छन् । यस्तैगरी, प्रतियोगितामा ५० वर्षमाथिका अनिवार्य एक जनासहित अन्य ४० वर्षभन्दामाथिका खेलाडी सहभागी छन् भने प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले नगर ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ओमकार ईभेन्टस हबका
अध्यक्ष विजय मल्लले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दैै गण्डकी प्रदेशसभा सदस्य एवम् अर्थ विकास समितिका सभापति भोजराज अर्यालले खेलले स्वस्थ्य राख्नुकासाथै एकापसमा आपसी भाईचारा स्थापित गर्दै राष्ट्रको पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । हिजोका दिनमा भन्दा आजका दिनमा खेल क्षेत्रमा लागेका खेलाडीहरुले आफ्नो व्यक्तिगत पहिचानकासाथै राष्ट्रको पहिचान गराउन सफल भईरहेको उनको भनाई छ । आगामी दिनमा पनि यसप्रकारका प्रतियोगिताहरु निरन्तररुपमा हुनुपर्नेमा जोड सभापति अर्यालले जोड दिए ।

कार्यक्रममा एन्फा गण्डकी प्रदेशका उपाध्यक्ष ताराबहादुर गुरुङ (शम्शेर) ले भेट्रान्स प्रतियोगिताले छुट्टै रौनक थपेको बताउँदै खेल्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएको बताए । संस्थाका अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् सल्लाहकार एलवी ज्वारचनले स्वागत र प्रबन्ध निर्देशक नवराज पौडेलले संचालन गरेका थिए ।

More News last news
Loading...