स्याङ्जाको पुतलीबजार नगरपालिकाले मेयरसंग विपन्न परिवार नाना, खाना, छाना कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाएको छ ।
नगरले सो कार्यक्रम प्रभावकारी देखिएको र आवश्यकताका आधारमा कार्यक्रम निरन्तर अघि बढाउनुपर्ने देखिएकाले मेयरसंग विपन्नवर्ग कार्यक्रम अघि बढाएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत बुधबार पुतलीबजार नगरपालिका वडा न १४ का देउमाया दर्जी र दिपा दर्जीको परिवारलाई एक एक बण्डल नौ फुटे रंगिन क्रकट पाता विपन्न परिवार नाना, खाना र छाना शीर्षकबाट १० फुटे ९ वटा रंगीन कर्कट पाता उपलब्ध गराइएको हो । विपन्न परिवारका उनिहरुलाई नगर प्रमुख रेग्मी सहित वडा सदस्य मुबारक मिया लगायतले सो सामग्री हस्तान्तरण गरेका हुन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
