कास्की । स्याङ्जा–गण्डकी यातयात प्रा लि को सातौं बार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिवार पोखरामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधान सभा सदस्य राजु थापाले साधारण सभाको उद्घाटन गर्दै अधिवेशनले जुझारु नयाँ नेतृत्व चयन गर्न सफल होस् भनी शुभकमना व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवत प्रकाश मल्ल, नेपाल राष्ट्रिय यातायात व्यवसायीका प्रमुख सल्लाहाकार एवं नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतको उपस्थिती रहेको थियो ।
अधिवेशनले भानुभक्त बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रबन्धकमा महेश बहादुर थापा (गणेश) रहेका छन् भने सञ्चालकमा दिपेन्द्र केसी क्षेत्री, दिपेन्द्र श्रेष्ठ, प्रल्हादजंग मरासिनी, तिलबहादुर थापा, धनप्रसाद घर्ती र अमृत गुरुङ रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
