स्याङ्जा । व्यवसायी एव समाजसेवी शेषकान्त पुरीले आफ्नै गृह नगर स्याङ्जाको चापाकोटमा रहेको श्री बैडि माध्यमिक बिद्यालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
समाजसेवा र नेपाली कांग्रेसबाट राजनीतिमा समेत सक्रिय रहँदै आएका पुरीले बैडी माविमा कक्षा १ देखि १० सम्म अध्यनरत १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यपक धनश्याम आचार्यले बताउँदै विद्यालय तथा सिङ्गो समाजप्रती देखाउनु भएको मानवियता र सहयोगका निम्ति हृदयदेखी नै आभारी रहेको समेत बताएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पाठक, पूर्व प्रधानाध्पाक कृष्णप्रसाद पंज्ञानी, चापाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मणि खनाल, शिक्षा प्रेमी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
पुरीले चापाकोटका विभिन्न सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय पुरी युवा क्लब तथा खेलकुद क्षेत्रमा समेत योगदान पुर्याउदै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
