पाल्पा । नेपाली काँग्रेसका नेता, युवा उद्यमी एव समाजसेवी शेषकान्त पुरीले तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताका लागि दुई लाख सहयोग गरेका छन् ।
चापाकोट नगरपालिका ४ निवासी पुरीले पाल्पाको रामपुर नगरपालिका ७ किसानबारीमा असोज ३ गतेदेखि ११ गते हुने तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको लागि पुरीले दुई लाख सहयोग गरेका हुन् ।
क्लवले आफ्नो ९ औँ वार्षिक उत्सवसँगै तेस्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिताको तयारी तीब्र पारेको आयोजकले बताएको छ । यद्यपी, असोज ३ गतेदेखि हुने भनिएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता हाललाई स्थगित गरिएको छ भने अर्को मिति पछि घोषणा गरिने आयोजकको भनाइ छ ।
पुरीले यसअघि पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
