स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् प्रतिनिधि सभा सदस्य राजु थापाले ६ बोतल रक्सीका लागि लड्नेले स्याङ्जा बनाउँछु भन्नु लज्जास्पद भएको बताएका हुन् ।
हालसालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीमाथि थापाले स्याङ्जामा आयोजित कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
सभापति थापाले रेग्मीको राजनीतिक प्रवेशलाई “नाटक” भन्दै “६ बोतल रक्सीका लागि लड्ने मानिसले स्याङ्जा बनाउँछु भनेर हिँड्नु लज्जास्पद कुरा हो,” थापाले भने । थापाका अनुसार रेग्मीको विगत नै विवादास्पद रहेकोले अब उनीबाट राम्रो आशा गर्नु स्याङ्जाबासीप्रति धोका हुन सक्छ।
थापाले रेग्मीमाथि अघिल्लो समयमा विभिन्न पार्टीहरूसँग स्वार्थका लागि सम्बन्ध राखेको आरोप समेत लगाएका छन्। “कहिले कांग्रेस, कहिले एमालेसँग मिलेर आफ्नो फाइदा लिने, र अहिले आएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्ने सपना देख्नु, यो त केवल नाटक हो,” उनले भने।
सभापति थापाले आगामी दिनमा स्याङ्जाका मतदाताले यस्ता अस्थिर चरित्रका व्यक्तिहरूप्रति सचेत रहनु पर्ने आग्रह समेत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
