चापाकाेट । स्याङ्जाको चापाकाेट नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत पालिकाभित्रका किसानहरूका लागि घाँस काट्ने मेसिन वितरण गरेकाे छ ।
नगर प्रमुख देवबहादुर खाणँकाे उपस्थितीमा प्रविधि हस्तान्तरण अन्तर्गत वडा नं १० का किसानहरूलाई ५ वटा मेसिन प्रदान गरिएकाे हाे ।
नगरपालिकाले गरिबी निवारणका लागि लघुउधम बिकास कार्यक्रम (MEDPA)अन्तर्गत ब्याबसायिक, गाई, भैंसी पालन तथा स्वस्थकर दूध उत्पादन सम्बन्धि स्तरउन्नती सीप बिकास तालिम सन्चालन गरेकाे उक्त तालिम लिएका कृषकलाई हस्तान्तरण कार्यक्रम अन्तर्गत घाँस काट्ने मेसिन हस्तान्तरण गरिएकाे नगर प्रमुख खाणँले जानकारी दिए । याे कार्यक्रम ७५ प्रतिशत पालिका र २५ प्रतिशत कृषककाे अनुदानमा सन्चालन गरिएकाे हाे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
