बिपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस स्याङ्जाद्वारा विविध कार्यक्रमहरु सम्पन्न

अमोर सेवा बाल गृहमा सहयोग

स्याङ्जा। ४३ औ बिपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं प्रतिनिधि सभा सदस्य राजु थापाको सक्रियतामा ११ वटै पालिकामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो । यसैबीच फेदीखोला गाउँपालिकाका वडा नं १ मा रहेको अमोर सेवा बाल गृहमा दैनिक उपभोग्य सामान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहेका प्रमुख अतिथि थापाले महामानव बि.पी.कोइरालाको आदर्श, मूल्य र मान्यता आजका दिनमा पनि उतिकै सान्दर्भिक रहेको बताए । उक्त कार्यक्रममा अमोर सेवा वालगृहमा रहेका ४० जना बालबालिकालाई दैनिक उपयोगमा आउने करिब २८ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम नेपाली कांग्रेस फेदीखोला कार्यसमितिका सभापति महेन्द्र थापाको अध्यक्षतमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा थापाले आफू प्रधानाध्यापक रहेको स्वाभिमान अंग्रेजी बोर्डिङ स्कूलमा अमोर सेवा गृहका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्वता समेत जनाए ।

कार्यक्रममा अमोर सेवा बालगृहकी सञ्चालक कमला पराजुलीले बिपी स्मृती दिवसको अवसरमा यसरी जिल्ला कार्यसमितिले नै जिल्लाको वालगृहमा कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गरिन् ।

कार्यक्रममा कांग्रेस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाली कांग्रेस भीरकोट सभापति लक्ष्मण अधिकारी र नेपाली कांग्रेस बिरुवा सभापति डोलराज पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस, नेबिसंघ र तरुण दल बिरुवा गाउँपालिका स्याङ्जाको आयोजनामा बिरुवा निवासी असहाय एकल महिला नानीमाया विश्वकर्माको नवनिर्मित घर हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । नेपाली कांग्रेस, नेबिसंघ र तरुण दल बिरुवा गाउँपालिकाको अग्रसरता र सहयोगमा निर्माण भएको उक्त नवनिर्मित घर जिल्ला सभापति थापाको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो ।

यस्तै ४३ औ बिपी स्मृती दिवसको अवसरमा जिल्लाका ११ वटै पालिकामा विभिन्न सामाजिक कार्यहरुको आयोजना गरिएको जिल्ला सभापति एवं सांसद थापाले जानकारी दिए ।

More News last news
Loading...