शेयर धनीको परिवारलाई स्याङ्जा गण्डकी यातायात प्रालिद्वारा ५० हजार सहयोग

स्याङ्जा । स्याङ्जा गण्डकी यातायात प्रा.ली.ले आफ्ना शेयर धनी भूमिलाल शर्माको असामयिक निधनपछि उनको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

प्रतिनिधि सभा सदस्य एवं प्रा.लि.का संरक्षक समेत रहेका राजु थापाले शर्माकी धर्मपत्नी दिल कुमारी शर्मालाई रु ५० हजार सहयोग हस्तान्तरण गरे ।

Advertisement

कार्यक्रममा सांसद थापाले आफू संरक्षक भएको संस्था समाजसेवाका कार्यहरुमा समेत अग्रसर भएको भन्दै खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

आफ्ना शेयर धनी शर्माको असामयिक निधनपछि शोकमा रहेको परिवारलाई राहत एवं सान्तवनाका लागि नगद रु ५० हजार प्रदान गरिएको स्याङ्जा गण्डकी यातायातका अध्यक्ष भानुभक्त बरालले जानकारी दिए ।

सहयोग वितरण कार्यक्रममा प्रा.लि. का प्रबन्धक महेश बहादुर थापा (गणेश) तथा अन्य सञ्चालकहरुको समेत सहभागिता रहेको थियो ।

More News last news
Loading...