नर्वेमा बस्ने केसीले गरे फेदीखोलाको अमोर सेवा नेपाल वालगृहलाई सहयोग

स्याङ्जा । व्यवसायी एवं समाजसेवी सुरेन्द्र केसीले स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपाल वालगृहलाई नगद रु ३० हजार सहयोग गरेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १४ स्थायी घर भएका र हाल नर्वेमा बस्दै आएका केसीले आफ्नो जन्मदिनको अवसर पारेर वालगृहलाई ३० हजार सहयोग गरेका हुन् ।

Advertisement

सहयोग रकम हस्तान्तरण कार्यक्रममा केसीसहित उनकी श्रीमती सहित २ छोरा समेत सहभागी थिए । नेपाली कांग्रेसको प्रवासस्थित निकाय नेपाली जनसम्पर्क समिति नर्वेमा समेत सक्रिय राजनीति गरिरहेका केसीले नेपालमा विविध समाजसेवाका कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपाल (बाल गृह) मा अनाथ वालबालिकाहरुको पालनपोषण एवं शिक्षा प्रदान गर्दै आएको छ ।

More News last news
Loading...