चापाकोट कृषि क्याम्पस भवनको शिलन्यास

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा बन्न लागेको चापाकोट कृषि क्याम्पसको भवनको शिलन्यास गरिएको छ ।

चापाकोट नगरपालिका का नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) ले आज एक कार्यक्रमकाबीच प्राकृतिक स्रोत व्यवस्थापन कलेज (चापाकोट कृषि क्याम्पसको) को भवन शिलन्यास गरेका हुन् ।

Advertisement

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खाँणले चापाकोटमा कृषि क्याम्पस बनेपछि कृषि पढ्ने बिद्यार्थीहरुलाई सहज हुने र भवन निर्माण कार्यलाई सम्पन्न गर्न सबै निकायको साथ, सहयोग अत्यावश्यक रहेको बताए । शहरी विकास मन्त्रालयबाट विनियोजत बजेट, संघीय योजना कार्यान्वयन इकाइ कास्कीसँग योजना सम्झौता भएसँग निर्माण व्यवसायीले काम सुरु भएको हो ।

आठ कोठे भवन निर्माणका लागि शर्मिला निर्माण सेवा, वालिङले भ्याटसहित ९१ लाख ४२ हजार रुपैयाँमा योजना सम्झौता गरेको हो ।

More News last news
Loading...