कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेशको पर्यटन विभाग प्रमुखमा आशिक गुरुङ नियुक्त भएका छन् ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कार्यसमिति सदस्य समेत रहेका गुरुङलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद ४ धारा १३ (१०) झ अनुसार पर्यटन विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।
उहाँ पोखराका युवा पर्यटन व्यवसायी समेत हुन् । आफू विभागीय प्रमुखमा नियुक्ति भएसँगै आफूले समग्र गण्डकी प्रदेशको पर्यटन प्रबद्र्वनका लागि सदैव लागिपर्ने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
