भोली सोविता गौतम रुपाको देउरालीमा आउने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतम भोली वैशाख २० गते शनिबार रुपा गाउँपालिका-५ देउराली आउने भएकी छन् ।

रुपा ५ देउरालीमा स्वतन्त्र पार्टी रुपा गाउपालिका समितिदवारा आयोजित नव वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी कार्यालय उद्घाटन गर्न सांसद गौतम रुपाको देउरालीमा आउने भएकी हुन् ।

Advertisement

केहि दिन अघि मात्रै रुपामा पालिका समिति गठन गरेको स्वतन्त्र पार्टीले घनिभूतरुपमा संगठन विस्तार र आफ्ना कार्यक्रमलाई अघि बढाएको रास्वपा रुपा गाउँपालिका सभापति राजेन्द्र सुवेदीले बताए ।

More News last news
Loading...