काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं युवा नेता राजु थापाले स्याङ्जाको बिकासका लागि ज्याग्दी करिडोर आवश्यक रहेको र त्यसका लागि आफू सदैव साथमै रहेको बताएका छन् ।
आज हरित शान्ति समाज नेपालको आयोजनामा नव बर्ष २०८२ को अबसरमा शुभकामना आदानप्रदान एंव भित्तेपात्रो लोकार्पण कार्यक्रममा बोल्दै युवा नेता थापाले समग्र स्याङ्जाको बिकाससँग ज्याग्दीखोला भेगको बिकास अनिवार्य रहेको र पुरानो बाटो मिर्दी-जगत-दार्सिङ-क्याक्मी हुँदै भिमाद जोड्ने बाटोमा आबश्यक बजेटको प्रबन्ध हुने र ज्याग्दी खोला करिडोरलाई संघीय र प्रदेश सरकार मिलेर समयमै सम्पन्न गर्ने लक्ष्यमा अघि बढेको विश्वास दिलाएका हुन् । नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहेका थापाले आफू सदैव स्याङ्जाली जनताको साथमा रहेको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शशी कुमार लम्साल र वर्तमान अध्यक्ष सन्तु कुमार गिरी ले स्याङ्जाको ज्याग्दीखोला भेगको समग्र बिकास र सम्भावनाको बिषयमा भनाइ राखेका थिए । सांसदले पुर्वाधार बिकास हुन सके अबको १० बर्ष भित्र धेरै मानिस गाउँ फर्केर उत्पादनमा लाग्ने सम्भावना रहेको र यसका निमित्त राष्ट्रिय नीतिमा सबै दल एकमत हुन जरुरी रहेको बताए ।
सामाखुशी स्थित सुप्रिम (बेदब्यास) स्कुल एण्ड कलेजमा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरपालिका मेयर तुलसीराम रेग्मी, संस्थाका सल्लाहकारहरु, कार्यसमितिका आजीवन सदस्यहरु, बिज्ञापनदाताहरु ,पत्रकार एंव शुभचिन्तक को उपस्थित रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
