पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएकाे ठहर, उपसमितिले बुझायाे प्रतिवेदन

काठमाण्डाै l पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले २०८१ असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो । उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । प्रतिवेदनानुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ ।

Advertisement

उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड रुपैयाँ असूल गर्न सिफारिश गरेको छ। उपसमितिमा रहेका सांसदहरू लिङ्देनसहित, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि रानामध्ये एमाले सांसद बाँस्कोटाले फरक मत राख्नुभएको छ।

More News last news
Loading...