स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ बाड्खोलामा रहेको शिशु निकेतन अङ्ग्रेजी आवसिय मा.वि. मा एक दिने शिशु निकेतन साईन्स एण्ड एजुकेश्नल मेटेरियल एक्स्पो सम्पन्न भएको छ ।
विज्ञान तथा प्रविधिसंग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले शिशुनिकेतन मा वि ले पुतलीबजारको शिक्षा क्षेत्रमा नया आयाम थपिरहेको बताउँदै यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने साथै व्यवहारिक सिप, सिर्जनशिलता र ज्ञानको दायरामा उल्लेख्य वृद्धि हुने धारणा व्यक्त गरे ।
नेपालले पनि अन्य क्षेत्रको तुलनामा सुचना र प्रविधि क्षेत्रको विकासमा फड्को मारिरहेको बताउदै आजको विज्ञान र प्रविधिको युगमा हामी नेपाली पनि त्यही पथ पछ्याउँदै अघि बढ्न सके पक्कै आइटीको क्षेत्रमा अझै प्रगती गर्न सकिने बताए ।
कार्यक्रममा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, सचिव हरिप्रसाद अर्याल, सदस्य मनोज खड्का, ज्योति आवसिय मा वि का प्रधानाध्यापक बुद्धिसागर त्रिपाठी, पत्रकार महासंघ स्याङ्जाका सह सचिव रमेश गोदार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका सञ्चालक अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी आकाश सेनले स्वागत एवम् कार्यक्रम सञ्चालन शिक्षकहरु मञ्जु थापा र सोनी गोदारले गरेका थिए । झन्डै दुई हजार बढीले अवलोकन गरेको सो प्रदर्शनीमा दर्शकको सकारात्मक प्रतिक्रिया आएको विज्ञान शिक्षक हिमानी रानाले बताइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
